रुसले युक्रेनमाथि गरेको हमलामा परि दक्षिण पूर्वमा इजियम शहरमा दुई बच्चासमेत आठजनाको ज्यान गएको छ । आज आठौँ दिन पनि लगातार आवासीय इलाकालाई निशाना बनाइरहेको दाबी गरिरहेको र एउटा प्रमुख शहर खारकिएभमा स्थिति असाध्यै तनावपूर्ण छ ।
शहरका उप–मेयर वोलोदिमिर मोत्सोकिनले रुसको हवाई हमलामा सिटी सेन्टरलाई असाध्यै हानी भएको र एक सरकारी भवन हमलाको चपेटमा आएको जानकारी दिए । यसकारण थुप्रै प्रहरी अधिकारी घाइते भएका समाचारहरु बहिरिएका छन् ।