टप खबर

शुक्रबार देखी संवैधानिक इजलास फेरि नियमित हुने

Lumbinikhabar Online

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि रोकिएको सर्वोच्च अदालतको संवैधानिक इजलास शुक्रबारदेखि फेरि बस्ने भएको छ ।जबरामाथि महाभियोग दर्ता भएसँग बरिष्ठतम न्यायाधीश दिपककुमार कार्की कामू प्रधानन्यायाधीश बनेपछि संवैधानिक इजलास फेरि नियमित हुन लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले शुक्रबारदेखि संवैधानिक इजलास बस्ने जानकारी दिए । लामो समयदेखि सर्वोच्च अदालतको संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक इजलासमा विचाराधिन विवादको न्यायनिरुपण हुन सकेको छैन । गतवर्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षताको संवैधानिक परिषदको सिफारिसबाट नियुक्त ५२ संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

Tags

छुटाउनु भयो कि ?