News in Nepali

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

Lumbinikhabar Online

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । गत हप्तादेखि क्वीन्सल्यान्ड र उत्तरी न्यु साउथ वेल्सलाई अत्यधिक बर्षापछिको बाढीले तहसनहस गरिरहेका बेला न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ ।

बाढीका कारण राज्यकै सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक दक्षिण लिसमोरमा एक महिलाको शव भेटिएसँगै अष्ट्रेलियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको हो । बाढीका कारण मृत्यु हुनेमध्ये आठ व्यक्ति क्वीन्सल्यान्ड राज्यका रहेका प्रहरीले पुष्टि गरेको छ । यसबीच, शहरको मुख्य पानीको स्रोत, दक्षिणपश्चिम सिड्नीको वारागाम्बा बाँधलाई बाढीले बगाइदिएको छ ।

 

Tags

छुटाउनु भयो कि ?