युक्रेनको खार्किभमा भएको रुसी हमलामा परि २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् ।
एक साता एता रुस र युक्रेन बिचको युद्धका कारण व्यापक रुपमा धनजनको क्षति भएको छ ।
खार्किभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नर ओलेग सिनेगुबोवने मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताएका छन् । उनले भनेका छन् , ‘रुसी दुश्मनले भारी क्षती व्यहोर्नुपरेको छ ।’
रुसी सैनिक शहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको मान्यता राखिएको छ किनभने खारकिएवमा जेट विमानद्वारा बमबारी गरिएको छ ।