युक्रेनले रुससामु नझुक्ने बताएको छ । बरु कूटनीतिमार्फत् समस्या समाधानका लागि युक्रेन तयार रहे पनि रुससँग आत्मसर्पण गर्ने र झुक्ने काम कदापी नहुने युक्रेनका विदेशमन्त्रीको भनाइ छ ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तरवार्तामा भनेका छन्, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ । तर न त हामी आत्मसमर्पण गर्छौं न उसका शर्तसामु झुक्छौं ।’
विदेशमन्त्री कुलेबाले यो लडाइँमा युक्रेनको जित हुने दाबी गर्दै भने, ‘म एक कूटनीतिज्ञ हुँ र मलाई वार्ताको सफलतामा विश्वास छ । तर एक कूटनीतिज्ञ भएको नाताले मेरो लक्ष्य यो हो कि रुसमा अधिक प्रतिबन्ध लागोस् र युक्रेनलाई धेरैभन्दा धेरै हतियार मिलोस् ताकि रुसलाई अन्तर्राष्ट्रियस्तरमा अलग थलग पार्न सकियोस् ।’
रुसले छैटौं दिन पनि युक्रेनमा हवाई र स्थल दुवैतर्फबाट आक्रमण जारी राखेको छ । आक्रमणबाट ठूलो जनधनको क्षति भएको छ ।