News in Nepali

रूसलाई आफ्नो राष्ट्रिय झन्डा र राष्ट्रिय गान बिना खेल्न फिफाको निर्देशन

Lumbinikhabar Online

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रूसलाई आफ्नो राष्ट्रिय झन्डा र राष्ट्रिय गानबिना खेल्न निर्देशन दिएको छ। साथै रूसका खेल न्यूट्रल भेन्यू (तेस्रो देश) मा खेल्न पनि भनिएको छ।

छिमेकी युक्रेनमाथि आक्रमण गरेपछि रूसलाई फिफाले यस्तो निर्देशन दिएको हो।

रुसले आगामी खेलहरू फुटबल युनियन अफ रुस (आरएफयू) को रूपमा खेल्नुपर्ने फिफाले जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारबाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो । आइतबार फिफाले रुसका आगामी खेलहरू रसियन झण्डामा नभई आरएफयूको तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपियन फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइनल सेन्ट पिटर्सवर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्याण्ड, स्विडेन र चेक गणतन्त्रले संयुक्त रूपमा रुसमा खेल्न अस्वीकार गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?