पूर्वी अष्ट्रेलियामा निरन्तरको वर्षापछि भीषण बाढी आएको कारण ८ जनाले ज्यान गुमाइसकेका छन् । बाढीमा परी ज्यान गुमाउने सबै क्विन्सल्याण्ड राज्यका हुन् । प्रहरीले बाढीमा बेपत्ता भएका एक व्यक्तिको खोजी कार्य गरिरहेको छ ।
न्यू साउथ वेल्सको लिस्मोर नगरस्थित एक नदीको बहाव वर्षापछि आफ्नो किनाराभन्दा ४७ फिट माथि आएको छ । उक्त नगरबाट १५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
ब्रिस्बेन नदीमा आएको बाढीले समेत क्षति गरेको छ ।
सोमबार अष्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिस्बेन जलमग्न भएको छ । उक्त सहर र वरपरका क्षेत्रमा २०११ यताकै खराब बाढी आएको छ ।