News in Nepali

युरोपियन युनियनले लगायो रुसका उडान माथी प्रतिबन्ध

Lumbinikhabar Online

युरोपियन युनियनले रुसका उडान माथी प्रतिबन्ध लगाइएको छ । रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाइएको हो ।

युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले आइतबार विज्ञप्तिमार्फत भनेकी छन्– ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरू र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकासमा बन्द गराएका छौँ ।’ रुसी सैनिक अपरेसनका कारण धेरै विमानहरु उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताएकी हुन् ।

आज पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन् । किभको सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडियोहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ ।

Tags

छुटाउनु भयो कि ?