राजनीति

राशिद बेग बने राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको अध्यक्ष

Lumbinikhabar Online

नेकपा (एमाले)को भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल कृष्णनगरको प्रथम नगर अधिवेशन बाट कृष्णनगरका चर्चित युवा मिर्जा राशिद बेग नगर कमिटी अध्यक्ष पदमा निर्विरोध चयन भएका छन।

आइतवारका दिन कृष्णनगर नगरपालिका वडा नं ३ मा राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको प्रथम नगर अधिवेशनमा युवाहरुको उत्साह मिर्जा राशिद बेग तिर बढ़ी रहेकाले पार्टीका वरिष्ठ नेताहरु पनि राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको अध्यक्षमा मिर्जा राशिद बेग, उपाध्यक्ष दिपेंद्र कुमार चौधरी, सचिव बदरे आलम मुसलमान, सहसचिव ओम प्रकाश तेली, मुजक्कीर अहमद मुसलमानलाई चयन गरिएको छ। प्रथम नगर अधिवेशनले ६१ सदस्सीय नगर कमिटी गठन गरेको छ।

बेग व्यापारको शिलसिलामा विदेश बस्दै आएका थिए तर दुई तीन बर्ष देखि नेपालमा रही आफ्नो उद्योग संचालन गरि व्यापार गर्नुको साथ साथै नेकपा (एमाले)पार्टीमा रही निरन्तर पार्टी तथा जनताको बिच रही युवा,महिलाहरु लाई रोजगार दिने समाजका गरिब परिवारहरु लाई सहयोग गरि गरिबा परिवारको घरमा चुलो जलाउने काम समेत गरि रहेको कुरा दिपेंद्र कुमार चौधरीले बताएका छन।

मिर्ज राशिद बेगले जनताको घर घरमा पुगी नेकपा एमाले पार्टीको निती सिद्धांत बारे जानकारी गराइ सयौ युवा, महिला तथा व्यापारीहरुलाई आफ्नो पहलमा पार्टी प्रवेश गराई कृष्णनगरमा नेकपा एमाले लाई बलियो बनाई पार्टी प्रवेश गराएकाहरू लाई सक्रिय राजनितीमा ल्याएको कार्य प्रति उत्साहित भई आज प्रथम नगर अधिवेशनमा उपस्थित वरिष्ठ नेता तथा युवाहरुले राष्ट्रीय युवा संघ नेपाल कृष्णानगरको जिम्मा वेग तथा वेगका साथ निरन्तर पार्टीको हक हितका लागि लागेका युवासहरु लाई दिएका छन।

Tags

छुटाउनु भयो कि ?