टप खबर

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

Lumbinikhabar Online

जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह – पुर्णर्विक्रम शाह विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

आइतबार दिउँसो करिव १२ बजेतिर स्वयं जिल्ला प्रहरी कार्यलयमा हाजिर भएका शाहलाई प्रहरीले ३ः३० बजे अदालत पुर्‍याएको थियो ।

घटना सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन जिल्ला अदालतबाट सात दिनको म्याद थप भई आएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सात दिनको म्याद थपिएको छ । हिरासतमा राखेर अनुसन्धन अगाडि बढाउँछौं ।’

Tags

छुटाउनु भयो कि ?