प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्।
शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे।
‘देशमा शान्ति सुव्यवस्था छैन, तमासा पनि हदको हुन्छ नि,’ उनले भने, ‘सरकारमा पनि उनै छन्, कार्यकर्ता पठाएर बाटो भत्काउन पठाउँछन्, प्रहरी र मान्छे देख्नै हुँदैन, ढुङ्गा हान्छन्।’
उनले भने, ` एमसीसी सहयोग नेवालमा ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल बाटोबाट हिँड्दा ढुंगा हान्दैनन्, ताली बजाउँछन् । एमसीसी अगाडि बढाउनुपर्छ भन्ने डा. बाबुराम भट्टराई हिँड्दा ढुंगा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुंगा हानिँदैन । टेबल गरेका छन् सभामुखले, ढुंगा हानिँदैन ।’
कांग्रेस-माओवादीको संयुक्त सरकारका बेला महराले टुंग्याएको र ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै उनले भने, ती सम्झौता गर्नेहरुलाई कसैले हेर्दैनन्, म बाटोबाट हिड्छु, ढुंगा हान्छन् ।