बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ ।
भारतका केहि सीमावर्ती जिल्लाहरुमा यही फागुन १५ गते हुन लागेको विधानसभाको निर्वाचन निर्वाचनलाई मध्यनजर गर्दै उक्त नाका ६० घण्टासम्म सवारीसाधन र पैदलयात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।
स्रोतका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ ।
निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एकसाता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपात्कालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने बताइएको छ ।