संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् भएको छ ।
टियर ग्याँस सेलले टाउकोमा लाग्दा हेमराज अवस्थी घाइते भएका हुन् । उनलाई बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमबाट ट्रमा सेन्टरमा रिफर गरेको छ ।
दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् ।