News in Nepali

काङ्ग्रेस र एमालेका शीर्ष नेताहरू बिच एमसीसीको विषयलाई लियर छलफल हुँदै

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अमेरिकी सहायता परियोजना एमसीसीको पक्षमा मतदान नगर्ने निर्णय गरेपछि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ गठबन्धनबीच सहमति जुट्न नसकेको बेला प्रधानमन्त्री शेरबहादुर देउवासहित दुई दलका नेताहरुबीच छलफल सुरु भएको हो ।

आज बिहीवारको संसद् बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवाले महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्कीलाई सँगै राखेर एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित भएपछि उहाँले प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

आजकाे बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची राखिएको भए पनि बैठक भाेलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हाे ।

Tags

छुटाउनु भयो कि ?