एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । जसले गर्दा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारिरहेको छ ।
प्रहरीले बनाएको सुरूक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो। त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।
त्यस्तै अश्रु ग्यास पनि प्रहार गरेको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे छलफल हुने कार्यसूची तय थियो।
एमसिसीबारे छलफल हुनेभएपछि संसद भवन बाहिर एमसिसीको विरोधमा प्रदर्शनकारीहरू भेला भएका हुन्। तर संसद बैठक भोलि सम्मको लागि स्थगित भएको छ।