रुसले गरेको बम आक्रमणमा सात जनाको ज्यान गएको युक्रेनको प्रहरीले बताएका बीबीसीले बताएको छ । पोदिल्स्कमा रहेको एक सैनिक अड्डामा भएको आक्रमणमा ६ जना मारिएका र सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । अन्य १९ जना हराइरहेका बीबीसीमा उल्लेख छ ।
प्रहरीका अनुसार एक व्यक्तिको मृत्यु मेरियोपोलमा भएको हो । रुसका राष्ट्रपति पुटिनले बिहिबार बिहान युक्रेनको सैनिक कारवाहीको घोषणा गरेका थिए । त्यसपछि रुसले युक्रेनका थुप्रै सैनिक इलाकामा हमला गरेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र थुप्रै स्थानमा मिसाइल हमला गरेको बताएको छ ।
यद्यपि, रुसले आफूले नागरिकको इलाकामा हमला गरेको भन्ने दाबीलाई भने अस्विकार गरेको छ । यसैबीच संयुक्त राष्ट्र सुरक्षाा परिषद्को आपतकालीन बैठकमा सदस्य देशले संयमता अपनाउन सल्लाह दिएका छन् । थुप्रै देशले कुटनीतिक माध्यमले समाधान निकाल्न आवश्यकता भएको बताएको छ ।