News in Nepali

सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढ्यो

Lumbinikhabar Online

सुनको मूल्य एकैदिन तोलामा २ हजार पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९९ हजार रुपैयाँ तोकिएको छ ।

सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उहाँको भनाइ छ ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएकाे छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताउनुभयो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?