News in Nepali

पश्चिम अफ्रिकी मुलुक बुर्किना फाँसोमा विस्फोटमा परि कम्तिमा ६० जनाको ज्यान गयो

Lumbinikhabar Online

पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फाँसोको स्थित एउटा अस्थायी सुनखानीमा भएको विस्फोटमा परि कम्तिमा ६० जनाको ज्यान गएको छ ।

दक्षिण पश्चिमको एउटा गाउँमा भएको एउटा अस्थायी सुनखानी स्थलमा रहेको बजारमा भण्डारण गरिएको डाइनामाइटले आगो लाग्दा बिस्फोट भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

विस्फोटमा मृत्यु हुनेहरुमा महिला र बालबालिका पनि छन् । घटनास्थलहरूमा शवहरु यत्रतत्र छरिएका थिए । विस्फोटमा घाइते भएका दर्जनौलाई नजिकको अस्पतालमा लगिएको संचार माध्यमहरुले लेखेका छन् ।

Tags

छुटाउनु भयो कि ?