News in Nepali

नेकपा एस का शीर्ष नेताहरू बीच बैठक बस्दै

Lumbinikhabar Online

आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा नेकपा (एकीकृत समाजवादी ) पार्टिका शीर्ष नेताको अनौपचारिक बैठक बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको एकीकृत समाजवादीले यसबारे थप छलफल गरेर संसदमा प्रस्तुत हुने तयारी गर्नका लागि शीर्ष नेताहरू बिच छलफल हुन लागेको हो ।

एमसीसीलाई लिएर एकीकृत समाजवादी दुई धारमा उभिएको छ । अध्यक्ष माधवकुमार नेपाल यसको समर्थन र सम्मानित नेता झलनाथ खनाल विपक्षमा उभिएका छन् । एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप भने जारी नगर्ने भएको छ ।

Tags

छुटाउनु भयो कि ?