आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।
केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने बताइएको छ ।
काँग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् ।