News in Nepali

गृहमन्त्री खाँण र प्रचण्ड बीच भेटवार्ता

Lumbinikhabar Online

गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।

एमसीसी सम्झौता अनुमोदनमा सहमति जुटाउन गृहमन्त्री खाणले बिहान उनकै निवासमा पुगेर भेट गरेका हुन् । भेटमा गृहमन्त्रीले एमसीसी पारित गर्नको लागि सहयोग गर्न आग्रह गरेका छन् । भेटमा प्रचण्डले पुरानै अडान दोहोर्याउदै एमसीसी जस्ताको तस्तै संसदबाट पारित नहुने बताएका छन् ।

सत्ता साझेदार दलकै अवरोधकाबीच सरकारले गएको आइतबार एमसीसीसँगको सम्झौता संसदमा टेबल गरिसकेको छ ।

सत्ता गठबन्धनका दलहरुबीच सहमति नभए विपक्षीको सहयोग लिएर भए पनि एमसीसी अनुमोदन गराउने प्रधानमन्त्री देउवाको तयारी छ । संसद बैठक भोलि बोलाइएको छ । आउँदो फागुन १६ गतेभित्र एमसीसी अनुमोदन गर्न सरकारलाई दबाब छ ।

Tags

छुटाउनु भयो कि ?