बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनवारकी ४१ वर्षीया लिली थारू रहेकी छन् ।
थारु मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा पाटेबाघको आक्रमणमा परेकी हुन् । बाघले उनको शरीरको आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।