बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो । दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन हो ।
सोमवार दिउँसाे भएको टिपर दुर्घटनामा परि तीन जनाको घटनास्थलमै ज्यान गएकाे र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा ज्यान गएकाे थियाे । ज्यान गुमाउनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचारका क्रममा डडेलधुरा अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको र दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन् ।
गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपराह्न भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो ।