नेपाली अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको आन्तरिक विवाद बाहिरिएको छ । उनीहरु बिचको आपसी सम्बन्धमा खटपट भएपछि गोपनियता बाहिरिको छ ।
एक संचार माध्यम संगको कुराकानीमा गायिका अधिकारीले आफूलाई अभिनेता पल शाहले प्रयोग गरि छोड्न खोजेको आरोप लगाएकी छन् । उनले भनेकी छन् ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए । अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’
कुराकानीमा गायिका अधिकारीले सुरुवातमा पल शाहले आफूलाई धेरै माया गरेजस्तो गरेगरि सम्बन्धको गलत तरिकाले फाइदा उठाएर आफूलाइ पीडित बनाएको बताएकी छन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको पछि थाहा पाएको बताएकी समीक्षाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् ।