नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल चलिरहेको छ ।
पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएपछि पार्टी भित्र भिन्नमत देखिन थालेको भन्दै आज सचिवालय बैठक बोलाइएको थियो । तर उक्त बैठक स्थगित गरि अध्यक्ष नेपाल र नेता खनाल बीच छलफल चलिरहेको छ ।
तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको छ ।