News in Nepali

राप्रपाका केन्द्रिय सदस्य राजाराम बर्तौलाले दिए राजीनामा

Lumbinikhabar Online

राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।

बर्तौला गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ‘नैतिकरूपमा पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा आजैका मितिदेखि साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको छु’, बर्तौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बर्तौला हालै राप्रपाबाट अलग भई राप्रपा नेपाल पार्टीको घोषणा गरेका कमल थापाका निकट सहयोगी हुन् । कमल थापा २०७२ सालमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुँदा बर्तौला उनका राजनीतिक सल्लाहकार थिए ।

पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?