News in Nepali

मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ

Lumbinikhabar Online

मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई प्रहरीले प्रक्राउ गरेको छ । चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले अग्रवालाई पक्राउ गरेको हो ।

व्यवसायी सञ्जय अधिकारी र टंकशमशेर जबरालाई दिएको चेक बाउन्स भएको भन्दै उजुरी परेपछि अग्रवाल समातिएका हुन् । काठमाडौंस्थित दरबारमार्ग र कान्तिपथमा आयातित महँगा मदिरा बेच्ने पसल चलाएका अग्रवाल पुस २२ गतेयता सपरिवार फरार रहेका थिए ।

अग्रवालले ग्लोबल आइएमई, मेगा, एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकबाट ८० करोड रुपैयाँभन्दा ऋण लिएका थिए । ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । केहीअघि उनले निकटका मिडिया प्रतिनिधिहरूसँग संवाद गरेका थिए । आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न सक्ने अवस्था रहेको भन्दै पत्रकार सम्मेलन पनि आयोजना गरेका थिए ।

पछिल्लोपटक उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चेक बाउन्स उजुरी आधारमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरमा अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?