News in Nepali

भक्तपुरमा घरको पहिलो तलाबाट लडेर एक वृद्धको मृत्यु

Lumbinikhabar Online

भक्तपुरमा घरको पहिलो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको भक्तपुर नगरपालिका-१ सल्लाघारीका ७८ वर्षीय दीपककुमार भुसाल रहेका छन् । उनी बिहान आफ्नै घरमा लडेर घाइते भएका थिए । त्यसपछि उनलाई उपचारका लागि डा.इवामुरा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?