News in Nepali

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस , नेपालमा ४० प्रतिशत भाषा सङ्कटमा

Lumbinikhabar Online

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

नेपालमा २०६८ को जनगणना अनुसार १ सय २३ वटा भाषा बोलिने गरेपनी झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेका छन् ।

भाषा आयोगका अध्यक्ष लबदेव अवस्थीका अनुसार एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम सुरु गरेको छ । ३७ भाषामध्ये २३ भाषा सङ्कटापन्न अवस्थामा पुगेको छ । सङ्कटमा रहेका भाषामा राउटे, साम, मनाङे, धुलेसी, फाङ्दुवाली, सुरेल, मालपाँडे, खरिया, कुर्माली, बराम, लुङखिम, सधनी, कागते, वनकरिया, काइकेलगायत छन् ।

मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न नसकिने भएकाले मातृभाषा संरक्षणमा तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा विज्ञले जोड दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?