सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे छलफल गर्नका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।
आइतबारको संसद बैठकमा एमसीसी पेश गर्न दिएकोमा पार्टीभित्र बाटै चर्को आलोचना र असन्तुष्टि भएपछि एसबारे छलफल गर्न पार्टी बैठक बोलाइएको जनाइएको छ ।
बैठक सोमबार दिउँसो १ बजे बस्ने स्रोतले जनाएको छ ।