आइतबार एमसीसीको बिरोध गर्ने क्रममा प्रहरीसँग झडप हुँदा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह घाइते भएकी छन् ।
घाइते हुनेमा अध्यक्ष सिंह सहित केशव रावल, समीर लुईँटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता छन् ।
झडपमा परि घाइते भएका उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।