News in Nepali

केही संसदहरुको बिरोधको बिचमै भयो एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल

Lumbinikhabar Online

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

सम्झौता टेबल भैरहँदा एमाले सांसद भीम रावल, एकीकृत समाजवादीका सांसद झलनाथ खनालसँगै माओवादी केन्द्रका केही सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेले आजको बैठकमा पनि नाराबाजी गरेको छ । यसअघि सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एमसीसी सम्झौता टेबल गर्ने सहमति भएको थियो । योसँगै एमसीसीबारे दलहरुबीचको मतभेद औपचारिक रुपमै संसदमा प्रवेश भएको छ ।

Tags

छुटाउनु भयो कि ?