News in Nepali

मतदाता परिचयपत्र हराएको भएमा अर्को बनाउनका लागि निर्वाचन आयोगको निवेदन

Lumbinikhabar Online

मतदानमा सहभागी हुनका लागि आवश्यक पर्ने मतदाता परिचयपत्र बनाउनका लागि निर्वाचन आयोगले आग्रह गरेको छ ।

मतदाता परिचयपत्र हराएको भएमा अथवा अरु केही कारणले आफुसङ्ग नभएको अवस्थामा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको हो ।

चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।

परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिनको लागि कुनै शुल्क लाग्दैन । यसअघि लिइएको मतदाता परिचयपत्र भएकाहरुले भने त्यही परिचयपत्र लिएर मतदानमा सहभागी हुन पाउने छन् ।

Tags

छुटाउनु भयो कि ?