News in Nepali

एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति

Lumbinikhabar Online

एमसीसी टेबल गर्ने विषयमा झलनाथ खनालको आपत्ति जनाएका छन् । संसद नचलिरहेका बेला टेबल गर्छु भन्नु नेपाल राष्ट्र र जनतामाथिको घात भएको बताएका छन् ।

उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने ।

शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउने निर्णय गरेको उनले बताए । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेवुल गर्ने भन्ने कसरी मिल्छ । यो सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भने ।

Tags

छुटाउनु भयो कि ?