खोटाङमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दिपक ढुंगानाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका रावाबेँसी गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।
ऐसेलुखर्क गाउँपालिका(७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३–०–२–००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडौं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका(३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको स्रोतले जनाएको छ ।