७२ औँ प्रजातन्त्रको अवसरमा इमाडोल जेसीज बर्ष २०२२ को आयोजनामा ‘एक ब्यक्ति एक बिरुवा रोपौ’ कार्यक्रम सम्पन्न भएको छ । फागुन ७ गते ललितपुर स्थीत बोझेपोखरीमामा उक्त कार्यक्रममा १०४ बर्षे जहानियाँ राणाशासन अन्त्य भई २००७ सालमा प्रजातन्त्रीक शासन प्रणाली स्थापनाको भएको सम्झनामा र प्रजातन्त्र स्थापनाको लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात शहिदहरुको सम्मान स्वरुप बोझेपोखरी परिसरमा धुपीका बिरुवाहरु रोपिएको हो ।
देशको ऐतिहासिक दिन प्रजातन्त्र दिवसकाृ दिन ऐतिहासीक स्थल बोझी पोखरीमा शहिदहरुको नाममा उपस्थित हरेक ब्यक्तिले बिरुवाहरु रोपेर प्रजातान्त्रिक योद्धाहरु प्रति सम्मान प्रदान गरिएको बताउदै इमाडोल जेसीज बर्ष २०२२का अध्यक्ष इच्छा गुरुङले कार्यक्रममा एक ब्यक्तिले एक बिरुवा रोप्ने कार्यले वातावरण संरक्षणमा नागरिकको कर्तब्य बोध गराउन महत्वपुर्ण सन्देश समाजमा प्रदान गरिएको बताइन् । एक ब्यक्ति एक बिरुवा रोपौ कार्यक्रम अन्तर्गत रोपिएका धुपिका बिरुवाहरु हुर्काउन तथा स्याहार सम्हारको लागि स्थानिय युवाहरुले जिम्मेवारी लिएका छन् ।
उक्त कार्यक्रममा इमाडोल जेसीज बर्ष २०२२का पदाधिकारीहरु, नेपाल जेसीज बर्ष २०२२का मिडिया कोर्डिनेटर जेसी सोनित राज ढुंगेल, नेपाल जेसीज बर्ष २०२२का अध्यक्षका सल्लाहाकार जेसी दिपेन्द« केसी, स्थानिय जनप्रतिनिधीहरु शेखर केसी, जय केसी, रिसा श्रेष्ठ र स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६