News in Nepali

सेवा र विकासका लागि युवा नामक संस्थाको बागमती प्रदेशकाे संयाेजकमा विदुर थापा

Lumbinikhabar Online

सेवा विकासका लागि कार्य गर्ने संस्था “सेवा र विकासका लागि युवा”काे बागमती प्रदेश कार्य समिति घाेषणा भएको छ ।
युवाहरूलाई सेवा र विकासकाे कार्यमा अगाडि बढाउने उदेश्यका साथ बागमती प्रदेशका युवाहरकाे सहभागीतामा एक सुभारम्भ तथा सम्मान कार्यक्रममा आयाेजना गरी सेवा र विकासका लागि युवा संस्थाकाे बागमती प्रदेश कार्यसमिति गठन भएको हाे ।
प्रजातन्त्र दिवसकाे अवसरपारेर सानेपाकाे नेशनल ल कलेजमा आयाेजना गरिएको कार्यक्रममा बैंकिङ, शैक्षिक , न्यायिक, संचार, मेडिकल , प्रशासनिक, हाेटल, सुरक्षा क्षेत्रमा कार्यरत युवाहरूकाे नेतृत्व र नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापाकाे संयाेजकत्वमा सेवा र विकासका लागि युवा संस्थाकाे सुभारम्भ भएको हाे ।

बाग्मति प्रदेश समिति घाेषणा सँगै सेवा र विकासका लागि युवाद्वारा नैतिक शिक्षा,संस्कार,नारी सुरक्षा, सम्मान र विकासकाेलागि वाल्यकालदेखि नै महत्वपूर्ण कार्य गर्दै आईरहेकी भत्तपुरका छात्रा सन्जु नगरकाेटीलाई नगद रू २५ हजार सँगै अन्य सम्मान एवम् पुरस्कृत पनि गरेकाे छ ।

नेपाल सरकार गृह मन्त्रालयका उपसचिव श्री कृष्ण पाैडेलजीकाे प्रमुख आतिथ्यमा घाेषणा भएको कार्यसमितिमा संयाेजक नेपाल बैंक लिमिटेडका शाखा प्रमुख विदुर विक्रम थापा, सह संयाेजक प्रेमराज न्याैपाने, सचिव डिल्लीराम सङग्राैला , सह- सचिव नवराज, ढकाल काेषध्यक्ष विजय माैर्य , कानुन क्षेत्र शिव भूषाल, महिला क्षेत्र मनिका शाही , सम्पर्क प्रमुख सचिन लामिछाने, संचार प्रमुख जानुका दुवाडी , सदस्यहरू डिल्लीराज भण्डारी , अर्पण पाैडेल, विष्णु पन्थी , डा आयुषमा खडका, र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललका प्रदेश संगठन सचिव पदेन सदस्यरहने व्यवस्था छ भने सल्लाहकारहरूमा नेपाल संस्कृति विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.काशीनाथ न्याैपाने, सशस्त्र कलका पूर्व एसएसपी शम्भु उप्रेती, डा.डिल्लीराम अधिकारी , डा.दयाराम भूषाल, केन्द्रीय व्यवस्थापन विभागका विभागिय प्रमुख डा. रामजी गाैतम रहनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका उप सचिव कृष्ण पाैडेल , विशिष्ट अतिथि पुर्व एस एस पि एवम् सामाजिक अभियन्ता शम्भु उप्रेती, डा डिल्लीराम अधिकारी, पुर्व प्रशासक श्री चिरञ्जीवी थापा,प्राज्ञिक व्यक्तित्व यदुप्रसाद कण्डेलकाे विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल लगायत व्यवसायिक, शैक्षिक , पत्रकार, शिक्षक र अन्य व्यत्तिहरूकाे उपस्थिति रहेकाे थियोे ।
कार्यक्रममा शुभकामना मनतव्य दिदै सशस्त्र प्रहरी बलका पुर्व एसएसपी शम्भु उप्रेतीले विश्वकाे धेरै देशहरू घुमे तर हाम्रोदेशकाे जस्तो स्वर्गहरू कुनै पनि देश नभेटेकाे र याे देशलाई समृद्ध बनाउन सेवा र विकास संस्थाले बागमती प्रदेशमा कार्यथालनि गरेकाेमा खुसि व्यत्त गर्दै आफ्नाे तर्फबाट शुभकामना सहित जस्तो सुकै सहयोग गर्न तयार रहेकाे प्रतिबधता व्यत्त गर्नु भएको थियोे भने देश विकास गर्न अब सामाजिक क्षेत्रबाट अगाडि बढने घाेषणा गर्नु भएको थियोे ।
साथै कार्यक्रमका प्रमुख अतिथि कृष्ण पाैडेलले संस्कार, सीप , समृद्धि , सेवा र विकास शब्दहरूले धेरै कुराहरूलाई समेटेकाे र सेवा र विकास संस्थाले समाजमा धेरै राम्रो कार्य गर्ने कुरामा विश्वास व्यत्त गर्दै राष्ट्रमा एउटा राम्रो सिस्टमकाे आवश्यक परेकाेले प्रशासनिक क्षेत्रमा काम गर्ने र बाहिर रहेर काम गर्ने सरकारवालाहरूले अब देशमा एउटा राम्रो सिस्टमकाे विकास गर्नका लागि जाेडदिनु पर्ने बताउनु भएको थियोे ।

४ बर्ष अगाडि व्यवसायी राजु सापकाेटाकाे अध्यक्षता र सचिव विपिन कंडेलकाे नेतृत्वमा चितवनबाट प्रारम्भ भएको सेवा र विकासका लागि युवाले विभिन्न सेवाका कार्यहरू , कपडा बैंक, छात्रावृत्ति वितरण, विपत व्यवस्थापन , सीप विकास केन्द्र संचालन जस्ता महत्त्वपूर्ण कार्यहरू गर्दै आईरहेकाे छ ।

Tags

छुटाउनु भयो कि ?