अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा प्रदर्शन भैरहेका बेला नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले एमसीसीको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको बताएका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा सत्ता गठबन्धनमा एकमत नभएपछि गठबन्धन भन्दा पनि एमसीसीलाई प्राथमिकता दिने कुराको संकेत गर्दै ‘एमसीसीको पछाडि अमेरिकाको कुनै स्वार्थ छैन ´ उनले भने,
त्यसैक्रममा आफ्नो सल्लाह एमसीसी पास गरौं भन्ने रहेको उनले बताए । यत्रो ठूलो अनुदान हत्तपत्त कुनै देशले नदिने र यसको पछाडि अमेरिकाको कुनै स्वार्थ नभएको कोइरालाले बताए । प्रधानमन्त्रीसामु सत्ता गठबन्धन कि एमसीसी एक रोज्नुपर्ने अवस्था आएको बताएका छन् ।