News in Nepali

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु बीच छलफल

Lumbinikhabar Online

सत्तारुढ गठबन्धनमा एमसीसीको विपक्षमा रहेका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा भइरहेको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

एमसीसी पास नगरे गठबन्धन नरहने संकेत प्रधानमन्त्री शेरबहादुर देउवाले देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको छन् ।

विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?