पाल्पामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिकामा-२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट रहेका छन् ।
बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ-२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको मृत्यु हो ।
स्थानीय तिनाउ-१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।