News in Nepali

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने

Lumbinikhabar Online

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । अब अधिवेशन फागुन १५ गते हुने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि १५ गतेका लागि सारेको हो ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

 

Tags

छुटाउनु भयो कि ?