News in Nepali

एमालेको बिरोध हुँदा हुँदै पनि सकियो प्रतिनिधि सभाको बैठक

Lumbinikhabar Online

आज बुधवार संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक केहीबेर बसेर सकिएको छ । त्यस्तै अर्को बैठक यही ६ गते शुक्रवार बस्ने भएको छ ।

यस अघि जस्तै आज पनि बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेर बेल घेराउ गरेका थिए ।

विधि र प्रक्रियाबाट पनि आफ्ना विरोध राख्न सकिने भएकाले संसद् बन्धक नबनाउन आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकाेटाले राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयक संसदमा विचाराधीन रहेको र लगातार बैठक अवरोध गर्दा नीति निर्माण तथा आम नागरिकका समस्या राख्ने थलो बन्धक भएकाले बैठक चल्न दिन आग्रह गरेका थिए ।

तर एमालेका सांसदहरूले एमालेले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले हटाउनुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरिरहे ।

अवरोधकै बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै तीन जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पनि बैठकबाट पारित भएको छ ।

 

Tags

छुटाउनु भयो कि ?