News in Nepali

`डबल स्ट्याण्ड कसैले पनि नगरौं ´: रामचन्द्र पौडेल

Lumbinikhabar Online

सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई लिएर कसैले पनि डबल स्ट्याण्ड नगर्न आग्रह गरेका छन् ।

बाराको सिमरामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालोमा जेलिएका छन् । कम्युनिष्टका नेताहरु जेलिएका छन् । उहाँहरु प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम् झलनाथजीबाट भएको हो ।
यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनैपनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् ।

यस्तै , ‘केपी ओली प्रधानमन्त्री बनेपछि संसदबाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो । अमेरिकाको यो संसदबाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होईन ? यसको परिणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरुलाई हामीविरुद्ध पुर्याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन । डबल स्ट्याण्ड कसैले पनि नगरौं।’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गर्दै आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनुको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे ।

Tags

छुटाउनु भयो कि ?