नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा अगाडि बढाउन नसकिने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको बिहान बसेको बैठकले संसद सञ्चालन नहुँदासम्म र सहमति नबन्दासम्म एमसीसीका विषयमा अगाडि नबढ्ने निर्णय गरेको हो । बैठकले माओवादी यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय गरेको बताइएको छ ।
सहमति बिना जबर्जस्ती गरे बरु सरकार छोड्न नै तयार रहेको माओवादीले चेतावनी दिएको छ ।
बालुवाटार पुगेर प्रचण्डले गठबन्धनमै सहमति नजुटेकाले एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने दलको बैठकमा आफ्ना सांसदलाई जानकारी गराएका छन् । यदि प्रधानमन्त्री देउवाले प्रचण्डको आग्रह अस्वीकार गरी एमसीसी टेबल गरिए गठबन्धन र सरकार छाड्ने माओवादीको तयारी छ ।