भारतीय चलचित्र जगतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको आज बिहान ७० वर्षको उमेरमा मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा निधन भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि हिजो राति उनलाई अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।
साङ्गीतिक उद्योगमा बप्पी लहरीलाई डिस्को किङ्ग भनिन्थ्यो । उनको वास्तविक नाम अलोकेश लाहिडी थियो । उनले सन् १९७५ मा रिलिज भएको फिल्म ‘जख्मी’ बाट पहिचान पाएका थिए । पप म्युजिकलाई भारत ल्याउने श्रेय बप्पी लहरीलाई नै जान्छ ।
बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको शहर जलपाईगुडीमा भएको थियो ।
बप्पी बलिउड गीत संगीत क्षेत्रमा सक्रिय लहरीका ‘आइ एम अ डिस्को डान्सर’,’यार बिना चेन कहाँ रे’, ‘रात बाँकी’, ‘बम्बइ से आया मेरा दोस्त’ लगायत गीत चर्चित छन् ।