एमसीसीको विरोधमा विभिन्न दलहरुले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्यून देखिएको छ । बन्द गराउनेमा नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, , वैज्ञानिक समाजवादी पार्टी र
नेकपा माओवादी केन्द्र समाजवादी तथा देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टी रहेका छन् ।
यातायातका साधनहरु बिहानैदेखि निर्वाध चलिरहेका छन् । बजार पसल पनि खुल्ला छन् । ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अघिल्ला दिनहरुको तुलनामा केही कम रहे पनि अवस्था सामान्य रहेको जनाएको छ ।
बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।