नेपाली साहित्यमा ताना शर्माको नामने परिचीत वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा निधन भएको हो ।
साहित्यका अनेक विधामा कलम चलाउने साहित्यकार शार्मा विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका हुन् । उनी ‘झर्रोवादी आन्दोलन’का एक अगुवा समेत हुन् । उनका दर्जनौं नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत कृतिहरु छन् । उनले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार समेत्व प्राप्त गरेका छन् ।
शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येटी गरिने पारिवारिक स्रोतले जनाएको छ ।