News in Nepali

मन्त्री आले विवादमा आउनुको कारण एस्तो छ, आखिर कस्ता शब्द प्रयोग गरेका थिए त आलेले ?

Lumbinikhabar Online

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले फेरि विवादमा तानिएका छन्। उनी आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका हुन्।

मन्त्री आलेमाथि सुदूरपश्चिम प्रदेशको अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत् ओलीको नामका युवक संगको कुराकानी बाहिरिएपछी विवादित बनेका हुन् ।

युवकसँग मन्त्री आलेले अश्लील अभिव्यक्ती सहित अपहरण गर्ने धम्की दिएको भिडियो बाहिरिएपछी उनको सचिवालयले निरन्तररूपमा उनीमाथि ब्ल्याकमेल गर्ने, उनलाई उत्तेजित गर्ने र सोही विषयलाई सामाजिक सञ्जालमा राख्ने तथा धम्क्याउने काम भएको भन्दै खेद प्रकट गरेको छ ।

दुई मिनेट २५ सेकेन्डकाे भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

 

आखिर कस्तो थियो त उक्त भिडियोमा भएको कुराकानी  :-

मन्त्री आले सोध्छन्, ‘कहाँ हुनुहुन्छ तपाई?’

युवकको तत्कालै जवाफ आउछ, ‘म इन्डियातिर छु।’

मन्त्री फेरि उनीमाथि प्रश्न गर्छन्, ‘तपाईको त्यो कमेन्ट हेरेँ मैले। के लेखेको त्यस्तो?’

युवकको जवाफ हुन्छ, ‘हैन हजुर हामीले पनि यस्तो आश गरेको थिएनौं, के गर्नु?’

आले फेरि प्रश्न गर्छन्, ‘कस्तो आश?’

युवक भन्छन्, ‘तपाईबाट यस्तो हुन्छ भन्ने आश लागेको थिएन के।’

लगतै मन्त्री आले आक्रोशित हुँदै धम्की सहित गाली गर्न थाल्छन् ।

मन्त्री आले, ‘भन न मा …. मैले के गरेको छु। भन मा…..तलाई मा… त्यहिबाट उठाउँछु। कुन ठाउँमा छस् भन् त?’

युवकले जवाफ दिन्छन्, ‘आउ न यता आउ मुम्बई छु, म’

मन्त्री भने बाेल्न छाड्दैनन्, ‘मुम्बई कुन ठाउँ हो भन त कुकुर मा…. तँ। जे पायो त्यहि लेख्छस् मा… तपाई खुट्टा–सुट्टा काटेर प्याक गरेर राखदिन्छु। मा…को छोरा।’

उनीहरूबीच अश्लील कुराकानी यसरी चलिरहन्छ ।

मन्त्री आलेले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले मन्त्री आलेविरुद्ध षडयन्त्रपूर्वक उत्तेजित पार्न खोजिएको भन्दै त्यस्तो भ्रममा नपर्न आम जनसमुदायलाई आग्रह समेत गरेको छ । नेता आले समाजवादीमा आवद्ध भएपछि पूर्व पार्टीका कार्यकर्ताले उनीविरुद्ध सामाजिक सञ्जालमा गालीगलौज गर्नुका साथै पटक–पटक मानसिक तनाव दिने र अश्लिल शब्द प्रयोग गर्दै आएकोप्रति सचिवालयले दुःख व्यक्त गरेको छ ।

Tags

छुटाउनु भयो कि ?