नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । सोमबार एमाले संसदीय दलको बैठकमा उनले जबरामाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने समय र प्रवृत्तिको मात्र आफूहरुले विरोध गरेको बताएका हुन् ।
बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने धारणा राखेका थिए ।
‘अहिले प्रधानन्यायाधीशका विरुद्ध महाभियोग प्रस्ताव निर्वाचनलाई सार्ने वा टार्न खोज्ने, एमसीसी जसरी पनि पारित गर्ने र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहने यो प्रवृत्किो रुपमा आएको छ’ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ओलीको भनाइ उधृत गर्दै भने
ओलीले महाअभियोग गलत उद्देश्यले आएको भन्दै यसलाई प्रतिवाद गर्ने बताए ।