युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थालाई लिएर अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ ।
रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।
आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो ।